नेपाली कांग्रेसका नेता आङ्देम्बे आरोप : सरकार सुरुङमा फसेका नागरिकको उद्धारमा गम्भीर भएन

बुधबार, १७ भदौ २०८३, १५ : २१

काठमाडौं - रसुवा बाढीपछि उत्पन्न कठिन परिस्थितिबारे संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कडा आलोचना गरेका छन् । नेता आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका छन् ।
उनले प्रतिनिधिसभा बैठकमा ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
आङ्देम्बेले सुरुदेखि नै सरकारी, निजी र आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टोलीसहित उद्धारमा केन्द्रित हुनुपर्ने बताए ।
१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका छन् ।

‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले भने, ‘समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’

सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

बुधबार, १७ भदौ २०८३, १५ : २१

प्रतिक्रिया