काठमाडौं - रसुवा बाढीपछि सिर्जित विपत्तिको कसरी सामाना गर्ने भनेर राजनीतिक दलहरुले रणनीतिहरु बनाइरहेका छन् । यसैबीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्। बाढीपछि सर्वदलीय बैठक समेत बोलाएका रविले पार्टीमा पनि अग्रसरता देखाएका छन् । सरकारले राजनीतिक दलहरुबीच समन्वय र सहकार्य गर्न नसकेको भनेर आलोचना भैरहेकोबेला रविले नेतृत्व गर्दै आएका छन् ।
सभापति लामिछानेको आह्वानमा बैठक आज (बिहीबार) बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बस्ने भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकमा पार्टीका समसामयिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया