काठमाडौं - राष्ट्रिय संकटकोबेला पनि कसैसँग सहकार्य नगरेको आरोप खेप्दै आएका प्रधानमन्त्री बालेन्द्र र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबिच भेटघाट भएको हो ।
भेटमा उनीहरूबिच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।
उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया