चितवनमा विद्युतीय कारमा आगलागी, चालकको मृत्यु

शुक्रबार, २६ भदौ २०८३, १० : ४१

चितवन- भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको  मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।  
 

शुक्रबार, २६ भदौ २०८३, १० : ४१

प्रतिक्रिया