काठमाडौं- कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसरमा रानीघाटस्थित बाल रोग विशेषज्ञ डा। राज कुमार साहले आइडल मन्टेसरी विद्यालयका विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
भाद्र २६ गते मनाइने यो पर्वलाई विशेष बनाउन धरानबाट एमबीबीएस र मणिपालबाट एमडी गरेका डा। साहले रानीघाटको आइडल मन्टेसरीमा अध्ययनरत ५ देखि २० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर आयोजना गरेका हुन्।
शिविरमा विद्यालयका ९५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि सहभागी सबै विद्यार्थीलाई कापी र कलम समेत वितरण गरिएको थियो।
डा। साहले बुबाको मुख हेर्ने दिनकै अवसर पारेर अर्को घोषणा पनि गरे। रानीघाट, अजय जीको बोरा फ्याक्ट्री भनेर प्रख्यात भवनमा रहेको उनको ह्याप्पी चाइल्ड क्लिनिकमा उपचारका लागि आउने विद्यार्थीहरूलाई आगामी एक वर्षसम्म ओपिडी र ल्याब परीक्षणमा १५ प्रतिशत छुट दिइने व्यवस्था गरिएको उनले बताए।

अभिभावक सन्तुष्ट
शिविरमा सहभागी अभिभावकहरू डा। साहको व्यवहार र आधुनिक उपचार विधिप्रति खुसी देखिएका थिए।
आइडल विद्यालयका प्रबन्ध निर्देशक सुमित गुप्ताले भनेस् ूयुवा डाक्टर साहले देखाउनुभएको सामाजिक उत्तरदायित्व र सेवाभाव प्रशंसनीय छ। अभिभावकहरू उहाँको उपचार र व्यवहारबाट पूर्ण सन्तुष्ट हुनुहुन्छ।ू
कुसे औंसीका दिन बुबालाई सम्मान गर्ने परम्परालाई स्वास्थ्य सेवामार्फत मनाएको भन्दै विद्यालय र अभिभावकले डा। साहको पहलको प्रशंसा गरेका छन्।
प्रतिक्रिया