युवा संघ नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास सिलिन्डर वितरण

सोमबार, २९ भदौ २०८३, १५ : १९

नुवाकोट- भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले विदुर नगरपालिका–५ का बाढीपीडितलाई ग्यास सिलिन्डर वितरण गरेको छ ।

युवा संघ नेपालका नेता मनोज खत्री र प्रेम प्रधान नेतृत्वको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई आवश्यक ग्यास सिलिन्डर वितरण गरेको हो ।

बाढीका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले ग्यास सिलिन्डर वितरण गरिएको युवा संघ नेपालका धर्मबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार विपद्को समयमा प्रभावित नागरिकको आवश्यकता पहिचान गर्दै राहत तथा पुनर्स्थापनाका अभियानलाई निरन्तरता दिइनेछ ।

युवा संघ नेपालले राहत वितरणसँगै प्रभावित बस्तीको सरसफाइ, भग्नावशेष व्यवस्थापन तथा पुनर्निर्माणका काममा समेत स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।

सोमबार, २९ भदौ २०८३, १५ : १९

प्रतिक्रिया