सेयर बजार

साताको पहिलो दिन नै चम्कियो सेयर बजार, नेप्से २५ अंकले बढ्यो

सोमबार, २९ भदौ २०८३, १५ : ४८

काठमाडौं- साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेपाली सेयर बजारमा उत्साह देखिएको छ । गत साता साढे १४ अंकले बढेको नेप्से यो साताको पहिलो कारोबार दिनमै २५ अंकभन्दा बढीले उकालो लागेको हो ।

सोमबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ । योसँगै समग्र बजार करिब १ प्रतिशतले बढेको छ ।

बजार बढेको दिन २२६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ४७ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेर ४५८.२६ विन्दुमा पुगेको छ । कारोबार भएका १३ उपसूचकमध्ये १२ वटा उपसूचक बढ्दा एउटा मात्र घटेको छ ।

सोमबार बजारमा कारोबार रकम पनि ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । कुल ३३६ कम्पनीका १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर ४९ हजार ७४ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको पहिलो दिन नै नेप्से र कारोबार रकम दुवैमा देखिएको सुधारले पछिल्ला दिनमा सुस्त रहेको बजारमा पुनः लगानीकर्ताको सक्रियता बढ्न थालेको संकेत गरेको छ ।

सोमबार, २९ भदौ २०८३, १५ : ४८

प्रतिक्रिया