सेयर बजार

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ३६ करोडको कारोबार

शुक्रबार, २६ भदौ २०८३, १५ : २३

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको हो ।

शुक्रबार ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार कित्ता सेयर कारोबार भएका छन् । यसदिन बजारमा कुल ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा सबै १३ उपसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहको सूचक १.०५ प्रतिशत र ऊर्जा समूहको सूचक १.८३ प्रतिशतले बढेको छ ।

यसदिन २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

शुक्रबारको कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ ।

शुक्रबार, २६ भदौ २०८३, १५ : २३

प्रतिक्रिया