काठमाडौं- सूचना प्रविधि सम्वन्धी नेपालको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफले स्थापनाको २८ औँ वार्षिकोत्सवका अवसरमा फ्रन्टलाईन अस्पतालसंग स्वस्थ्य सहकार्य गरेको छ । एलबीईएफ सञ्जीवनीको उद्घाटनसंगै, नवप्रवर्तन, सेवा लगायतका विषयमा सहकार्यको सम्झौता भएको हो ।
वार्षिकोत्सवका अवसरमा फ्रन्टलाइनसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर, फ्रन्टलाइनद्वारा ‘एलबीईएफ सञ्जीवनी’को उद्घघाटनसंगै ‘फाइनल इयर प्रोजेक्ट (एफवाईपी) एक्स्पो २०२६’ आयोजना गरिएको थियो ।
दुई संस्थाबीच भएको समझदारीपछि एलबीईएफ सदस्यहरूको स्वास्थ्य तथा सहयोग सम्बन्धी सेवाहरूलाई थप सुदृढ बनाउने महत्वपूर्ण पहल अघि बढेको छ । यो पहलले शैक्षिक गतिविधिसँगै विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणलाई समान प्राथमिकता दिने एलबीईएफको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको फाउण्डेशनका अध्यक्ष इ. पंकज जालानले जानकारी दिए ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा फ्रन्टलाइनका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्धन चोर्डिया, एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष पंकज जालान, कार्यकारी निर्देशक प्रकाश केजरीवाल तथा प्रमुख सञ्चालन अधिकृत नीलमणि न्यौपानेको उपस्थिति थियो ।
वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको एफवाईपी एक्स्पो २०२६ मा बीएससी आईटीका अन्तिम सेमेस्टरका ८० जना विद्यार्थीले विकास गरेका विभिन्न परियोजना प्रदर्शन गरिएको थियो । प्रदर्शनीले विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्राका क्रममा हासिल गरेको ज्ञान, प्राविधिक सीप, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो ।
एफवाईपी एक्स्पो २०२६ को अवलोकन गर्दै डा. चोर्डियाले विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए । उनले विद्यार्थीहरूले विकास गरेका नवीनतम परियोजनाबारे जानकारी लिएका थिए । उक्त अन्तरक्रियाले विद्यार्थीहरूलाई आफ्ना सिर्जनात्मक अवधारणा प्रस्तुत गर्ने, प्राविधिक क्षमता प्रदर्शन गर्ने तथा उद्योग क्षेत्रका नेतृत्वकर्ताबाट महत्वपूर्ण सुझाव र प्रोत्साहन प्राप्त गर्ने अवसर प्रदान गरेको थियो ।
विद्यार्थीहरूले आफ्ना परियोजनामार्फत वास्तविक जीवनका चुनौती समाधान गर्न सूचना प्रविधिको प्रयोग गर्दै नवीन अवधारणा तथा व्यावहारिक समाधान प्रस्तुत गरेका थिए । एफवाईपी एक्स्पोले शैक्षिक सिकाइ र उद्योग क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने एलबीईफ फाउण्डेशनका अध्यक्ष इ. जालानले बताए ।
वार्षिकोत्सवका अवसरमा एलबीईएफले आफ्नो २८ वर्षको यात्रा केवल उत्सवको विषय मात्र नभई नवप्रवर्तन, विद्यार्थी विकास, उद्योग क्षेत्रसँगको सहकार्य तथा समुदायको कल्याणप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर भएको जनाएको छ ।
उदीयमान प्रविधि प्रतिभाको विकासदेखि फ्रन्टलाइनद्वारा सञ्चालित ‘सञ्जीवनी’जस्ता पहलसम्म एलबीईएफले आफ्नो समुदायका बदलिँदा आवश्यकता अनुसार आफूलाई निरन्तर विकसित गर्दै नेपालको सूचना प्रविधि शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई थप सुदृढ गर्दै आएको जनाएको छ ।
२८औँ वार्षिकोत्सव, ‘एलबीईएफ सञ्जीवनी’को उद्घाटन तथा एफवाईपी एक्स्पो २०२६ को संयुक्त आयोजनाले एलबीईएफका लागि शिक्षा, नवप्रवर्तन, विद्यार्थी कल्याण, उद्योग क्षेत्रसँगको अन्तरक्रिया तथा सामुदायिक भावनालाई एउटै समारोहमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको छ ।
प्रतिक्रिया