सेयर बजार

लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार, नेप्से २५३१ अंकमा सीमित

विहीबार, २५ भदौ २०८३, १५ : २६

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ। अघिल्लो दिन १५ अंकले घटेको बजार आज थप १३.८५ अंकले ओरालो लागेपछि नेप्से परिसूचक २५३१.५५ विन्दुमा झरेको छ।

बजार परिसूचक घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बिहीबार कारोबार भएका कम्पनीमध्ये २०० वटाको सेयर मूल्य घट्दा ६७ कम्पनीको मूल्य बढेको छ। त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि २।४० अंकले घटेर ४४९.९३ विन्दुमा सीमित भएको छ। बजारमा गिरावट आउँदा सबै १३ वटा उपसमूहगत परिसूचक राताम्य भएका छन्।

कारोबार रकममा समेत उल्लेख्य सुधार हुन सकेन। बिहीबार ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४४ हजार १९८ पटक किनबेच हुँदा कुल ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँको कारोबार भएको छ।

बिहीबारको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ। समग्रमा लगातार दोस्रो दिन बजार घटेसँगै लगानीकर्ताको मनोबलमा समेत दबाब परेको देखिएको छ।

विहीबार, २५ भदौ २०८३, १५ : २६

प्रतिक्रिया