काठमाडौं- सागर डिस्टिलरीले नेपाली बजारमा ‘एनईपीएसई बुल्स’लाई नयाँ अवधारणा र कथासहित पुनः प्रस्तुत गर्ने भएको छ। स्कटल्यान्डको दशकौँ पुरानो ‘रेयर माल्ट’ परम्पराबाट प्रेरित हुँदै कम्पनीले नेपाली व्हिस्कीप्रेमीका लागि नयाँ अनुभव प्रस्तुत गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार ‘रेयर माल्ट’ कुनै कानुनी श्रेणी नभई दशकौँदेखि विकसित हुँदै आएको छनोटको परम्परा हो। यसमा व्हिस्कीको उत्पत्ति र निर्माणको कथा, परिपक्व भएपछि प्राप्त हुने मौलिक चरित्र तथा दुर्लभता अर्थात् उस्तै परिस्थितिमा पुनः दोहोरिन नसक्ने विशेषतालाई महत्व दिइन्छ।
यही अवधारणालाई आधार बनाउँदै सागर डिस्टिलरीले ‘एनईपीएसई बुल्स’लाई ‘स्कटल्यान्डको रेयर माल्टको उत्कृष्ट अभिव्यक्ति’ भन्ने अवधारणासहित पुनः बजारमा ल्याउन लागेको हो। कम्पनीले यो नाम कुनै ऐतिहासिक शृंखलासँग सम्बन्ध जोड्न वा अन्य ब्रान्डको प्रतिष्ठा सापटी लिन नभई व्हिस्कीले प्रस्तुत गर्न खोजेको कथाको स्पष्ट अभिव्यक्ति भएको जनाएको छ।
‘एनईपीएसई बुल्स’को मिश्रणमा १० वर्ष पुरानो रेयर माल्ट प्रयोग गरिएको कम्पनीले जनाएको छ। उक्त रेयर माल्ट स्कटल्यान्डका हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट व्हिस्कीको मिश्रण हो। यसमा हाल अस्तित्वमा नरहेको एउटा डिस्टिलरीमा तयार भएको व्हिस्कीसमेत समावेश रहेको बताइएको छ।
कम्पनीका अनुसार उक्त माल्टको केही हजार लिटर मात्र उपलब्ध छ र त्यसको पनि सीमित हिस्सा ‘एनईपीएसई बुल्स’मा प्रयोग गरिएको छ। विविध उत्पत्ति, विशिष्ट चरित्र र दुर्लभताका कारण ‘एनईपीएसई बुल्स’ नेपालमा रेयर माल्ट प्रयोग गरेर तयार गरिएको विशेष व्हिस्कीका रूपमा प्रस्तुत गरिएको छ।
सागर डिस्टिलरीले नेपाली व्हिस्की उपभोक्ताको रुचि र अपेक्षा पछिल्लो समय परिवर्तन हुँदै गएको दाबी गरेको छ। विदेश यात्रा तथा अन्तर्राष्ट्रिय बजारको अनुभवसँगै नेपाली उपभोक्ताले प्रिमियम व्हिस्कीको मूल्यसँगै त्यसको उत्पत्ति, निर्माण प्रक्रिया र त्यसपछाडिको कथामा समेत चासो राख्न थालेको कम्पनीको भनाइ छ।
यही परिवर्तनलाई ध्यानमा राख्दै नयाँ नाम सिर्जना गर्नुभन्दा नेपाली उपभोक्तामाझ पहिल्यै परिचित ‘एनईपीएसई बुल्स’लाई नयाँ स्वरूपमा अघि बढाउने निर्णय गरिएको सागर डिस्टिलरीले जनाएको छ। कम्पनीका अनुसार यसको उद्देश्य ठूलो आवाजमा नयाँ कुरा प्रस्तुत गर्नु नभई नेपाली व्हिस्कीप्रेमीले सुरु गरिसकेको खोज र जिज्ञासालाई थप गहिरो बनाउनु हो।
रेयर माल्टको कथा दशकौँको छनोट र अनुभवबाट निर्माण भएको बताउँदै सागर डिस्टिलरीले त्यस कथालाई नेपाली बजारमा ‘एनईपीएसई बुल्स’मार्फत अघि बढाउन खोजेको जनाएको छ।
प्रतिक्रिया