प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio) र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा (Hair cutting,Threading , Beauty related classes,Hairchemical ,Nail/Manicure/Pedicure/WaxingMake up,,Facial&SkinTreatment & Make up package and cosmetic/Skin care Product) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी L (CPO) बागमती प्रदेश ९३० प्रचिता श्रेष्ठ ले समझदारी ज्ञापनपत्र(MoU)मा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio) का तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio) मा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५∞ देखि २०% सम्म र कर्मचारीहरुलाई ५∞ देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।
प्रतिक्रिया