इन्फोडेभलपर्सद्वारा नयाँ KYC तथा ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’ सार्वजनिक

शुक्रबार, २३ असोज २०८३, १६ : ५०

काठमाडौं- इन्फोडेभलपर्स प्रा. लि.ले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो चरणको अवसरमा आफ्नो नयाँ KYC तथा ग्राहक पहिचान एवं प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’ सार्वजनिक गरेको छ।

असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको एक्स्पोमा सार्वजनिक गरिएको VeriXa ले वित्तीय तथा व्यवसायिक संस्थाहरूका लागि ग्राहक आबद्धता, KYC तथा अनुपालन प्रक्रियालाई एकीकृत र व्यवस्थित गर्न सहयोग गर्नेछ।

VeriXa मा Online Account Opening, Digital KYC, Video KYC, KYB, AML Screening, Risk Assessment तथा Workflow Management लगायतका सुविधाहरू समावेश छन्। यसले बैंक तथा वित्तीय संस्था, सहकारी तथा अन्य व्यवसायिक संस्थाहरूलाई ग्राहक पहिचान, प्रमाणीकरण, जोखिम मूल्याङ्कन तथा अनुपालन सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन सहयोग गर्नेछ।

VeriXa ले ग्राहक onboarding देखि verification सम्मका प्रक्रियालाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्दछ। साथै, विभिन्न प्रणाली तथा सेवासँगको एकीकरण मार्फत आवश्यक ग्राहकसम्बन्धी जानकारी व्यवस्थापन तथा प्रमाणीकरण प्रक्रियालाई थप सहज बनाउन सहयोग गर्दछ।

इन्फोडेभलपर्सका अनुसार, वित्तीय तथा व्यवसायिक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा सुरक्षित, व्यवस्थित र अनुपालन -केंद्रित ग्राहक व्यवस्थापनको आवश्यकता पनि बढिरहेको छ। VeriXa यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विकास गरिएको समाधान हो।

एक्स्पोमा सहभागी ग्राहक तथा आगन्तुकहरूले “Stall F3” मा VeriXa को प्रयोगबारे जानकारी लिन र परीक्षणका लागि बुकिङ गर्न सक्नेछन्।
 

शुक्रबार, २३ असोज २०८३, १६ : ५०

प्रतिक्रिया