धादिङ- नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा बसन्त परियार सर्वसम्मत चयन भएका छन्।
नेपाली कांग्रेसको देउवा पक्षले असोज २४ गते उद्घाटन गरेको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अध्यक्षता क्षेत्रीय संयोजक रामकृष्ण अधिकारीले गरेका थिए।
अधिवेशनबाट उपसभापतिमा विक्रम तामाङ र गंगादेवी काप्री, सचिवमा रोजन कँडेल र पवन पोखरेल तथा सहसचिवमा भवनाथ लम्साल चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा नारायण श्रेष्ठ, पूर्णमान बराइली, रामकृष्ण रम्तेल, ठगबहादुर आले, शान्ति अधिकारी र बद्रीप्रसाद कोइराला चयन भएका छन्। कार्यसमितिमा केही सदस्य थप गर्न बाँकी रहेको नवनिर्वाचित सभापति बसन्त परियारले जानकारी दिएका छन्।
यसैगरी अधिवेशनले २४ जनालाई बागमती प्रदेश प्रतिनिधिका रूपमा सर्वसम्मत चयन गरेको छ। प्रदेश प्रतिनिधिमा बसन्त परियार, विक्रम तामाङ, गंगादेवी काप्री, रोजन कँडेल, पवन पोखरेल, भवनाथ लम्साल, मोहनलाल श्रेष्ठ, नारायण श्रेष्ठ, पूर्णमान बराइली, रामकृष्ण रम्तेल, ठगबहादुर आले, शान्ति अधिकारी, बद्रीप्रसाद कोइराला, सुजन लम्साल, रविन बुढाथोकी, राजकुमार अधिकारी, परशुराम सापकोटा, मिना विश्वकर्मा, जानुका श्रेष्ठ, सीताराम गुरुङ, सुरप्रसाद अधिकारी, सीताराम पोखरेल र श्याम गोदार चयन भएका छन्।
नवनिर्वाचित सभापति, कार्यसमिति तथा प्रदेश प्रतिनिधिहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया