एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

शुक्रबार, ११ मंसिर २०८३, १४ : ५४

काठमाडौं- पूर्वकृषिमन्त्री  मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित भएका छन् ।

इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रवर्द्र्धनमा गरेको योगदानको कदरस्वरुप उनि आज सम्मानित भएको जनाइएको छ । 

सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराएको  उनको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार, ११ मंसिर २०८३, १४ : ५४

प्रतिक्रिया