मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शनिबार, १२ मंसिर २०८३, ०७ : २०

काठमाडौँ- हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रको केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। 

आइतबार कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ ।  बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

शनिबार, १२ मंसिर २०८३, ०७ : २०

प्रतिक्रिया