चाईनीज कम्पनीको लगानीमा याम्बालिङ् बिद्युत आयोजना निर्माण हुने

५ बर्ष अगाडि

काठमाडौं, ०९ जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिएको हो । 
याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ् बिद्युत आयोजना सम्पन्न हुने बताएका छन् । 
१ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिएका छन् । 
उनले भने,‘याम्बालिङ् हाईड्रोपावर प्रा.ली.ले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा सदावहार बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ हामी लागेका छौं ।’
उनले भने,‘यो सँगै थप ४० मेघावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कुललागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।’
अध्यक्ष लामाले अघि थपे,‘उक्त पावर हाउसबाट 😮ुचयाड हुँदैन ३३ के.भी. प्रसारण लाईनमार्फत ६ किमि टाढा रहेको नेपाल विद्युत प्राधिकरणको प्रास्तावित सव–स्टेशन लगेर जोडिने छ, ६ वर्षभित्र लगानी फिर्ता हुनेछ ।’ 
याम्बालिङ् हाईड्रोपावर निमार्णको लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईने जानकारी गराईएको छ । 

प्रेस बिज्ञप्तीको पूर्णपाठ
नेपालको आर्थिक बिकासको सम्बाहकको रुपमा रहेको एक प्रमुख आन्तरिक श्रोतको रुपमा नेपालको जलश्रोतलाई लिने गरेको पाइन्छ। तथापी यस  सम्बन्धि सैधान्तिक कुरा धेरै भएपनि ब्यवहारिक रुपमा कार्यन्वयन नभएको वर्तमान अवस्था सबैमा सर्ब्बिदितै रहेको छ।
जलस्रोतको दृष्टिकोणले बिश्वकै दोस्रो ठुलो राष्ट्रको रुपमा पहिचान भएको हाम्रो देश नेपालमा  कुल  ८३००० मेघावाट जलबिधुतको सम्भाबना रहेको छ।जसमध्य प्राबिधिक तथा आर्थिक रुपले ४२००० मेगावाट उत्पादन गर्न सक्ने भएपनि वर्तमान समय सम्म करिब ८०० मेघावाट बिद्युत उत्पादन हुनुले जलास्रोतको पूर्ण बिध्यमान नीतिगत,सस्थागत तथा लगानी मैत्री बाताबरणको अभाब रहेको पाइन्छ।यदी जलासाययुक्त बहुउदेश्य परियोजना लागु गरि नदि ब्यवस्थापन र नदीको डाईभर्सन गरि सुक्खा छेत्रमा पानी प्रबाह गर्ने हो भने करिब २ लाख भन्दा बढी मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ भन्ने बिज्ञहरु भन्छन।
बिध्यमान चुनौतीका बावजुत नेपाल सरकारको नीति स्थानीय स्रोत साधनको अधिकतम प्रयोगमार्फत स्थानीय एबम रास्ट्रिय अर्थतन्त्रको विकास गर्ने मान्यता अनुरुप राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गरि बि.स. २०६४ मा साबिक को गुम्बा गा.बि.स. हाल जुगल गाउपालिका वडा न. ३ मा याम्बालिङ् जलबिद्युत आयोजना (७.२७ मे.वा.) मार्फत जलबिद्युत उत्पादन गर्नका लागी याम्बालिङ्  जलबिद्युत प्रा.लि. कम्पनि दर्ता गरि वर्तमान समयसम्म सहज अवतरण गर्दै आगामी बि.स.२०७६ सम्म जलबिद्युत उत्पादन गरि देशको आर्थिक बिकासमा सहयोग पुर्याउदै स्थानीय साधन–श्रोतको उपभोगमार्फत स्थानीय निकायका सम्पूर्ण बासिन्दालाई आत्मानिर्वर गराउने उदेस्यतर्फ दृढ रहेको छ । समुन्द्रि सतहबाट २२ सयदेखि ४२ सय उचाइमा सो क्षेत्र  रहेको कारण यस आयोजनामा हिउँदको समयमा पनि पानीको बहावमा खासै परिवर्तन नहुने देखिन्छ । यधपी भैरबकुण्डको काखबाट निरन्तर बग्ने याम्बालिङ् खोला यसको प्रमुख श्रोतको रुपमा रहेको छ।
राजधानी काठमाडौँबाट ९६ कि.मि. दुरीमा रहेको यस आयोजना पुग्नका लागि काठमाडौँबाट बलेफीसम्म ७२ कि.मि. बलेफीदेखि जलबिरे १० कि.मि. जलबिरे देखि कात्तिकेसम्म ९ कि.मि. कात्तिके देखि आयोजनाको पावर हाउससम्म ७ कि.मि. र पावर हाउसदेखि हेड वक्र्स साईटसम्म ५.५ कि.मि. रहेको छ।
रन अफ रिभर प्रकृतिको यस याम्बालिङ् जलबिद्युत आयोजना गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्दछ । १४.१५ वर्ग कि.मी. स्रोत क्षेत्र रहेको यस आयोजनाको डिजाईन डिस्चार्ज त्तद्धण् मा १.१४ घनमिटर र जडित क्षमता ७.२७ मे.वा. रहेको छ । लगानी रकमको ७० प्रतिशत बैंक तथा वित्तिय सस्थाबाट ऋण एबम ३० प्रतिशत ईक्युटीमार्फत वित्तिय ब्यवस्थापन गरिएको यस आयोजना २०७७ साउनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
यस आयोजनाको समुद्री सतहबाट २२०० मि. उचाईमा डाईभर्सन वायर र १३८६ मि. उचाईमा पावर हाउस निर्माण गरिने छ । प्रति सेकेन्ड १.१४ घनमीटर भएको पानीलाई २५ मि.लम्बाई ३ मि.चौडाई ४ मि.गहीराई भएको बालुवा थिग्राउने २ वटा म्भकअभलमभच पोखरी बनाइ त्यस बाट निस्केको सफा पानीलाई ०.८ मि. ब्यास भएको २५०० मि.लामो हेडरेस पाईप हुदै ३० मि.लम्बाई भएको सर्ज ट्यांकबाट १८३० मि लामो पेनस्टोक पाईपमा ल्याई पेनस्टोक पाईपको मध्यमबाट जुगल गाउपालिकाको याम्बालिङ् खोलाको दायाँ किनारमाअवस्थित् पावर हाउसमा ७९८ मि.को उचाईबाट पानी खसाली २ ओटा पेल्टन टबाईनबाट ७.२७ मे.वा.बिद्युत उत्पादन गरिनेछ । उक्त पानीलाई टेलरेसबाट याम्बालिङ् खोलामा छोडीनेछ । उत्पादन भएको बिजुली यस आयोजनाको पावर हाउसबाट स्विचयार्ड हुँदै ६ कि.मि.लामो ३३ के.भी.को ट्रान्समिसन लाईनमार्फत बिद्युत प्राधिकरणको पाङताङ सवस्टेशनमा जोडिनेछ ।
यस आयोजनाले बार्षिक ३९.९० गेगावाट अर्थात ३ करोड ९९ लाख यूनिट बिजुली उत्पादन गर्नेछ । यसबाट उत्पादन हुने बिद्युत नेपाल बिद्युत प्राधिकरणलाई बिक्रि गर्नेगरि बि.स.२०७२ पौषमा बिद्युत खरिद बिक्री सम्झौता (पिपिए) भैसकेको छ । साथै बि.स. २०६९ पौष  १३ गते बिद्युत विकास बिभागबाट ३५ वर्षसम्म बहाल रहनेगरि बिधुत उत्पादन अनुमतिपत्र पनि पाईसकेको छ । यस अयोजना निर्माणपछि स्थानीय जनताहरुको आयस्रोतमा उलेखनीय वृद्धि र देशको अर्थिक तथा सामाजिक बिकासमा समेत ठुलो टेवा पुग्नेछ । यस कम्पनीले याम्बालिङ् जलबिद्युत आयोजना (७.२७ मे.वा.) को लागि  २०१८ मे मा श्जयलनमष्लन क्ष्लतभचलबतष्यलब िभ्लनष्लभभचष्लन ऋय। ीतम। व्ष्बलनहष्, ऋजष्लब सँग (ःइग्० गरेको छ । साथै करिब ८ अर्ब २० करोड लगानि रहने ४० मेगावाटको दोस्रो आयोजना निर्माणको लगि प्रक्रिया अगि बढाएको छ ।

कमानसिंह लामा, 
अध्यक्ष 
याम्बालिङ् हाइड्रोपावर प्रा.ली.

५ बर्ष अगाडि

प्रतिक्रिया