एक लाख बढीले लिए क्रेडिट कार्ड, फैलिदै प्रविधि

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बैंकले उपलब्ध गराउने क्रेडिट कार्डको प्रयोग तीव्ररुपमा बढ्दै गइरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार उपलब्ध गराएको आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या  १ लाख ४ हजार ७२१ पुगेको छ ।

 यस्तो कार्डको संख्या २०७४÷७५ असार मसान्तमा ६८ हजार ९६६ थियो । एक वर्षको अवधिमा क्रेडिट कार्डको संख्या ३५ हजार ७५५ वृद्धि भएको हो ।  

क्रेडिट कार्ड बैंकले उपलब्ध गराउने एक प्रकारको पेमेन्ट कार्ड हो । जुन कार्डको प्रयोगबाट खातावालले आफ्नो खातामा रकम नभएको अवस्थामा पनि ऋणका रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्छ । यो कार्डबाट खातावालले भविष्यमा रकम भुक्तानी गर्ने सर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्छ भने बंैकले तोकेअनुसारको समयावधिमा उपभोग गरेको रकम भुक्तानी गर्नु पर्ने प्रावधान छ ।

क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गर्ने गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गर्दा क्रेडिट कार्डमार्फत भुक्तानी दिने गर्छ । यो एक प्रकारको बिना धितो बैंकले दिने र ग्राहकले निश्चित समयका लागि उधारोमा खर्च गर्न सक्ने रकम हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया