नाडा अटो शो २०१९  भृकुटीमण्डपमा सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं – भदौ १० देखि सुरु नाडा अटो शो २०१९ आइतबार सम्पन्न भएको छ । 
काठमाडौँ भृकुटीमण्डपमा चलेको अटो शोमा करिब ८५ हजार अबलोकनकर्ताले  अबलोकन गरेको नाडाले जानकारी दिएको छ । 

मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण भब्य भएको पनि नाडाले जनाएको छ । 

मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको थियो ।

यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रा.लिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि नेपालको आधिकारिक विक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ । 

त्यसैगरी बेष्ट सपोटिङ्ग स्टलकातर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी ल्युव आयल प्रा.लिले जितेको छ । 

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी एउटा छनोट समिति गठन गरेको थियो ।

यस नाडा अटो शोको टाइटल स्पोन्सर सर्वो लुव्रिकण्टसले गरेको थियो । उक्त सर्वो लुव्रिकेण्टसले ६ पटक टाइटल स्पोन्सर गरिसकेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जि.पि.एक्स. जेन्टलमेन २०० सि.सि. क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरेको थियो ।

 नाडाका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ०१२३३१ रहेको छ । विजेताले आफनो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षद्धय धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानियाले सो अटो शो मा सहभागी ९५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थिए । 

नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य महानगरिय ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो । त्यस्तै प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

सो समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भप्रसाद दाहालले नाडा अटो शो २०१९ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए । 
 नाडाले नाडा अटो शो २०१९ सम्पन्न गर्न अध्यक्ष दाहाल कै अध्यक्षतामा १३ सदस्यीय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठको संयोजकत्वमा १४ सदसिय नाडा अटो शो २०१९ व्यवस्थापन समिति समेत गठन गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया