फेसबुकको नेतृत्व गर्न चाहन्छिन् हिलारी क्लिन्टन

५ बर्ष अगाडि

न्यूयोर्क–अमेरिकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावकी प्रमुख प्रतिस्पर्धी हिलारी क्लिन्टन अब राजनीति छाडेर व्यवसाय चलाउन चाहन्छिन् । यसका लागि उनी विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको नेतृत्व सम्हाल्ने बारे सोचिरहेकी छिन् । 
मिडिया रिपोर्टका अनुसार म्यासाचुसेट्सकी डेमोक््रयाट नेता तथा महान्याधिवत्ता मौरा हिलीले हिलारीलाई कुन कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न चाहेको प्रश्न गर्दा उनले नरोकिकन फेसबुक बताएकी थिइन् ।
हिलारी शुक्रबार हार्वर्डमा थिइन् । त्यो समयमा उनलाई रेडक्लिफ मेडलले सम्मान गरिएको थियो । यो मेडल समाजको लागि महत्वपूर्ण योगदान दिनेलाई दिइन्छ ।

सीएनईटीले हिलारी क्लिन्टनलाई उदृत गर्दै लेखेको छ “फेसबुक संसारको सबैभन्दा ठूलो समाचार माध्यम हो । हाम्रो देशमा धेरै जसो मानिसहरु फेसबुकमा नै समाचार हेर्छन् । तर ती साँचो हुन्छन् की जाली त्यो भने अलग कुरा हो ।”
हिलारी शुक्रबार हार्वर्डमा थिइन् । त्यो समयमा उनलाई रेडक्लिफ मेडलले सम्मान गरिएको थियो । यो मेडल समाजको लागि महत्वपूर्ण योगदान दिनेलाई दिइन्छ ।
हिलारीले नेतृत्व गर्न चाहेको फेसबुक भने केही समयदेखि आफ्नै समस्यामा जुधिरहेको छ । फेसबुकका प्रमुख मार्क जक्करबर्गले यो समाजिक सञ्जालका प्रयोगकर्ताहरुको विश्वास जित्न केही समयदेखि निक्कै मिहेनत गरिरहेका छन् । केही समय अघि फेसबुकका प्रयोगकर्ताहरुको तथ्याङ्क चोरिएको विषय सार्बजनिक भए पछि धेरैमा कम्पनीको विश्वसनीयततामा शंका उत्पन्न गराएको थियो ।
उक्त काण्डमा क्याम्ब्रिज एनालिटिका नामक राजनैतिक कन्सल्टेन्सी सस्थाले ८।७ करोड फेसबुक प्रयोगकर्ताको तथ्याङ्क चोरी गरेको थियो । उक्त तथ्याङ्क राष्ट्रपति चुनावमा प्रयोगकर्तालाई प्रभावित पार्न सकिने खालको विज्ञापन पठाउन प्रयोग गरिएको थियो । उक्त सस्थाले डोनाल्ड ट्रम्पको पक्षमा विज्ञापन पठाएको थियो ।
यस घटनामा फेसबुकमाथि यस चोरीबारेमा पूर्व–जानकारी भएर पनि प्रयोगकर्ताहरुलाई जानकारी नगराएको आरोप छ । 
भावि दिनमा अमेरिकी चुनावमा बाह्य राष्ट्रको हस्तक्षेप अन्त्य गर्नको लागि फेसबुकले एक नयाँ अप्शन थपेको छ । यस अन्तर्गत अमेरिकामा राजनैतिक विज्ञापन दिन चाहने विज्ञापनदाताले त्यसको लागि आफ्नो अवस्थीति र पहिचानको जानकारी दिनुपर्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया