पत्ता लाग्यो भारतले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर, आर्बिटरले खिच्यो तस्बिर

४ बर्ष अगाडि

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो)ले चन्द्रयान–२ को ‘विक्रम ल्याण्डर’को बारेमा अनुसन्धान जारी राखेको छ । इसरोका प्रमुख डा. के सिबनले आइतबार विक्रम ल्याण्डर चन्द्रमाको सतहमा रहेको बताएका छन् । 

अर्बिटरले ल्याण्डरको केहि थर्मल इमेज खिचेको छ । ल्याण्डरसँग सम्पर्क गर्ने कोसिस भइरहेको छ । अर्बिटरले लिएको तस्बिर अझैसम्म इसरोमा भने आइपुगेको छैन ।

गत सेप्टेम्बर ७ मा अन्तरिक्ष विज्ञानमा इतिहास रच्नेवाला चन्द्रयान–२ को विक्रम ल्याण्डर ल्याण्डिङ हुनुभन्दा करिब ६० सेकेण्डभन्दा पहिले पृथ्वीसँग सम्पर्कविहिन भएको थियो । 

चन्द्रमाको दक्षिणाी धु्रवमा ल्याण्डर विक्रम शुक्रबार र शनिबारको बीच राति १ बजेर ५३ मिनेट जाँदा ल्याण्डिङ हुनुपर्ने थियो । 

यसपछि भारतीय मिशन करिब ९९ प्रतिशत सफल भएको प्रमुख सिबनले बताए । 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया