साउदी अरबमा अनौठो फेसन शो : मोडलको साटो ड्रोनको प्रयोग, सामाजिक सञ्जालमा मजाक

५ बर्ष अगाडि

साउदी अरबको जेददह शहरमा भएको एक फेशन प्रर्दशनीमा मोडलको साटो ड्रोनको प्रयोग गरिएको छ । यस कार्यको अरब क्षेत्रका फेसन विज्ञ र आलोचकहरुले विरोध गरेका छन् । उनीहरुले ड्रोनमा टाँगेर प्रदर्शन गरिएको पहिरनलाई पिचास वा भुतसँग तुलना गरेका छन् ।
फेसन आलोचकहरुको आलोचनाको अतिरिक्त यस फेसन प्रर्दशनीको सामाजिक सञ्जालमा मजाक उडाइएको छ । 
यस फेशन प्रर्दशनीमा महिलाहरुले लगाउने कपडा प्रर्दशनको लागि महिला मोडल्सको साटो ड्रोनको प्रयोग गरिएको हो । ड्रोनहरु मोडल हिड्ने भागमा विस्तारै चलेर दर्शक सामू आफूले बोकेको कपडा देखाएका थिए । 
यस प्रदर्शनीको भिडियो बाहिर आएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भइरहेको छ । भिडियोमा कपडा टागिँएको ड्रोन सयौं मानिसहरु रहेको हलमा विस्तारै उडिरहेको देखिन्छ । 
भिडियो सार्वजनिक भएपछि मानिसहरुले यसमा आश्चर्य, रमाइलो र अविश्वासका भावनाहरु व्यक्त गरेका छन् ।
बीबीसी अरबलाई दिएको एक अन्तरवार्तामा फेशन प्रर्दशनीका एक आयोजक अली नबील अकबरले खाडी देशमा यस्तो खालको प्रर्दशनी आफैमा पहिलो भएको बताए । उनका अनुसार यस प्रदर्शनीको तयारीमा दुई वर्ष समय लाग्यो ।
अलीले आफूलाई ड्रोनबाट कपडा देखाउने निर्णय राम्रो लागेको बताए । उनका अनुसार रामजान महिनामा यो नै सबैभन्दा राम्रो विकल्प थियो । अलिले यो विकल्प कार्यन्वयनमा ल्याउनको लागि आयोजकहरुलाई निक्कै सोच्नु परेको बताए ।
देशको पहिलो फेसन शोको पनि भएको थियो विरोध
साउदी अरबको इतिहासमा यो वर्ष पहिलो पटक फेशन प्रर्दशनी आयोजना गरिएको थियो । तथापी यसमा राखिएको धेरै नियमका कारण प्रर्दशनी विवादमा आएको थियो । 
प्रर्दशनीमा आएका महिला मोडल्सलाई महिला दर्शकहरुको अगाडी मात्र क्याट वाक गर्न अनुमति थियो । यसको अतिरिक्त कपडाको आकार र डिजाइनर सम्बन्धमा पनि केही नियमहरु कठोर थिए ।
सार्वजनिक जीवनमा पनि छ महिलाहरु पहिरनमा कठोरता
साउदी अरबको समाजमा महिलाहरुको कपडा सम्बन्धमा अनगिन्ति नियमहरु रहेको छन् । सार्वजनिक स्थानमा महिलाहरु अबायाबाट ढाकिनुपर्छ । कयैन महिलाहरुले आफूलाई ढाक्नको लागि हिजाब या नकाबको प्रयोग गर्छन् । 
तथापी देशको फेसन शहर भएकोले जेद्दाहलाई यसमा छुट छ ।
भिजन २०३० को असर 
साउदी अरब विश्वको सबैभन्दा कट्टरपन्थी देशमध्य एक हो । यो देशमा महिलाहरुमाथि धेरै सङ्ख्यामा कढा खालका नियमहरु लागु भएका छन् र
युवराज सलमानले साउदी महिलाहरुले गाडी चलाउनमा रहेको प्रतिबन्ध नहटाएसम्म साउदी अरब महिलाहरुलाई गाडी चलाउन रोक्ने विश्वको एक मात्र देश थियो ।
तथापी युवराज भएसँगै सलमानले अघि सारेको ‘भिजन २०३०’ अन्तर्गत देशमा सामाजिक र आर्थिक सुधार गरिदैछ । यस कार्यक्रमले साउदी अरबलाई कट्टर मुस्लिम राष्ट्रबाट नरमपन्थी मुस्लिम राष्ट्र बदल्ने सोच राखेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया