जगदम्बा मोटर्सले फाइनान्स मेला गर्ने, यस्ता छन् आकर्षक अफरहरु

४ बर्ष अगाडि

काठमाडौं – नेपालको लागि टिभिएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स मेला “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” आयोजना गर्ने भएको छ ।

यही कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार मुल्याँकन जस्ता अफरहरु रहनेछन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने र ं पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाउने छन् ।

ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया