३ अर्बको खर्चमा केबलकारको तयारी

४ बर्ष अगाडि

उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र सीमभञ्ज्याङदेखि भीमफेदसीम्म केबलकार चलाउने तयारी गरेको छ । गत मंसिर महिनामा सकिएको सम्भाव्यता अध्ययनबाट सकारात्मक रिपोर्ट आएपछि नगरपालिका अहिले लगानीकर्ताको खोजीमा जुटिरहेको छ ।

गत आर्थिक वर्षमा विशेषज्ञ टोलीबाट सम्भाव्यता अध्ययनबाट केबलबारको लम्बाई ४।८ किमि हुने अनुमान गरिएको छ । “काठमाडौंबाट प्राविधिकको टोली झिकाएर सम्भाव्यता अध्ययन गर्दा प्राविधिक रुपमा केबलकार बनाउन सकिने रिपोर्ट आयो अब हामी लगानीकर्ताको खोजीमा छौं,” थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, “यस वर्षभित्र लगानीकर्ता छनोट गरी अर्को वर्षबाट काम नै सुरु गर्ने गरी तयारी गरेका छौं ।” उनका अनुसार सीमभञ्ज्याङमा केबलकारसहितका व्यवस्थित होटल, चिल्ड्रेन हाउस, हिउँघर र विभिन्न हिमालदेखि भारतको रक्सौलसम्म देखिने टावर पनि निर्माण गरिनेछ ।

एक संरचनादेखि अर्कोमा पुग्न बाटो बनाउँदा धेरै रुखहरू काट्नुपर्ने भएकाले रुख बचाउन स्काई ब्रिजहरू पनि बनाइने योजना छ ।केबलकारसहित विभिन्न संरचना निर्माण गर्न करिब साढे तीन अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । “डेढ अर्बमा केबलकार र अर्को डेढदेखि दुई अर्बमा अरु संरचना बन्ने अनुमान गरेका छौं । लगानीकर्ता छनोटपछि यो लागतमा केही घटीबढी हुनसक्छ,” मेयर विष्टले भने । करिब ३ लाख खर्च गरेर सम्भाव्यता अध्ययन गरेको नगरपालिकाले अहिले केबलकारसहितको संरचनाको एनिमेटेड भिडियो बनाइरहेको छ । उक्त भिडियोको आधारमा लगानीकर्ताले लागत अनुमानसमेत गर्नेछ ।
कारोबारदैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया