प्रदेश ३ को मन्त्रिमण्डल विस्तारः शालिकराम गृहमन्त्री

६ बर्ष अगाडि

काठमाडौं– सोमबार तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्रिमण्डल विस्तारको क्रममा दुई मन्त्रीहरुले सपथ लिएका छन् । माओवादी केन्द्रका नेता एवम् प्रदेशसभा सांसद शालिकराम जम्मरकट्टेल र एमाले नेता केशव स्थापितले सपथ लिएका हुन् । 

सांसद जम्मरकट्टेलाई दोश्रो बरियतासहित आन्तारिक मामला तथा कानुन मन्त्रालय पाएका छन् भने स्थापितले पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
 सांसद जमरकट्टेलले पाएको आन्तारिक मामला मन्त्रालय गृहमन्त्रालय सो सरहको मन्त्रालय हो ।   दुवै मन्त्रीहरुलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खु्वाएकी थिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया