‘लन्डन टु पेरिस’को गीत ‘चाहन्छु यो माया’ सार्वजनिक

शुक्रबार, ०४ जेठ २०८१, १७ : २१

काठमाडौँ - फिल्म ‘लन्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल विष्टको शब्द छ । 

संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको गीतको रिकेश गुरुङ सङ्गीत निर्माता हुन् । गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मा बिचको त्रिकोणात्मक प्रेम देखाइएको छ । ट्राभल लभ स्टोरीको कथामा बनेको ‘लन्डन टु पेरिस’ को  कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको फिल्ममा अभिनय छ ।

निश्चल र गरिमाले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको जेष्ठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।


 

शुक्रबार, ०४ जेठ २०८१, १७ : २१

प्रतिक्रिया