२ अर्ब ६० करोडको लागतमा यसरी बन्ने भयो गौतमबुद्ध रंगशाला

४ बर्ष अगाडि

धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएको छ। 

भरतपुर महानगरपालिका कार्यालयमा बुधबार उक्त डीपीआर प्रस्तुत गरेर सुझाव लिने काम भएको हो। 

कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा रंगशाला बन्दै छ । 

रंगशाला निर्माणका सम्बन्धमा फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला ६ महिनाभित्र डीपीआर बनाउने र दुई वर्षभित्र निर्माण पूरा गर्ने घोषणा भएको थियो । तर सहमतिपत्रमा हस्ताक्षर भएको ९ महिना २० दिनपछि डीपीआर सार्वजनिक गरिएको छ । 

डीपीआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याटबाहेक २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कान्तिपुर दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया