सुरुङमार्ग आयोजनाले भन्यो – मुआब्जा लिन निवेदन दिनुस्

४ बर्ष अगाडि

नागढुंगा – नौविसे सुरुङमार्ग आयोजनाले अधिग्रहणमा पर्ने जग्गाधनिलाई मुआब्जाका लागि निवेदन दिन आह्वान गरेको छ ।  

आयोजनाले सूचना निकालेर धुनिवेशी नगरपालिका वडा न ९ (साविकको नौविसे गाविस वडान ४ (क)  र ४ (ङ) अन्तर्गतका अधिग्रहणमा पर्ने जग्गाहरुको मुआब्जाका लागि निवेदन मागेको हो । 
धादिङतर्फ कुल १०९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । 

मुआब्जाका लागि निवेदन साथ जग्गाधनी प्रमाण पुर्जा, तिरो तिरेको रसिद, स्थानीय तहको सिफारिस, नागरिकताको प्रमाणपत्र लगायतका कागजात पेश गर्नुपर्ने छ । 

मुआब्जा दिनुपर्ने जग्गा र त्यसको शुल्कका विषयमा प्रमुख जिल्ला अधिकारी, आयोजनाका अधिकारी, जग्गाधनिहरु बसेर टुंगो लगाएका थिए । 

आयोजनाका अनुसार अधिग्रहण गर्नुपर्ने करिव ५० प्रतिशत गुठीका नाममा रहेकोेले  गुठीको नियम अनुसार जग्गा कमाउनेलाई ३३ र गुठीलाई बाँकी ६७ प्रतिशत दिनुपर्ने हुन्छ । तर ३३ प्रतिशत मात्रै मुआब्जा पाउँदा विस्थापित नै हुनुपर्ने भन्दै स्थानीयले विवाद निकालेका छन् । 

सोही कारण यसअघि साउनमा मुआब्जाका लागि निवेदन मागेपनि अहिलेसम्म कसैले निवेदन दिएका छैनन् । 

काठमाडौंतर्फ भने कुल २२३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने मध्ये करिव ३२ रोपनी  सरकरी जग्गा छ।

त्यसमध्ये ९० प्रतिशतको काम टुंगिइसकेको छ । 

जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ठेक्का पाएको सुरुङमार्ग आगामी ४२ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया