मेलम्चीको पानी घर घरमा पु¥याउने नब्बे प्रतिशत पूर्वाधार सम्पन्न

४ बर्ष अगाडि

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी घर घरमा पु¥याउनका लागि आवस्यक ९० प्रतिशत पूर्वाधार निर्माण गरेको छ । 

मेलम्ची खानेपानी आयोजनाले ट्यांकी निर्माण तथा पाइपलाइन विस्तार लगायत उपभोक्ताको घरमा पानी पु¥याउन आवस्यक पूर्वाधारमध्ये ९० प्रतिशत काम सम्पन्न गरेको हो । 

मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ‘रिजर्भ ट्याङ्की’ मध्ये सात करोड ४५ लाख लिटर क्षमताको ९ वटा निर्माण गरिसकेको छ । त्यसैगरी घर–घरमा पुग्ने ११ सय ९० किलोमिटर वितरण पाइप मध्ये ८९० किलोमिटर जडानको काम सकिएको र झण्डै २०० बाँकी रहेको आयोजनाले जनाएको छ ।

काठमाडौँका चोकहरुमा एउटा दिशाबाट अर्को दिशामा पाइप लैजानका लागि ‘क्रसिङ’ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

तलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए । 

मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण रहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउने काम भै रहेको छ । 

अब मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । समग्रमा मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ ।

सरकारले आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरी काम शुरु भइसकेको छ । 
     
यो काम सकिने वित्तिकै तत्काल चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ ।

ठेकेदार कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

कम्पनीले त्यो भन्दा चाँडो काम सम्पन्न गरेमा प्रतिदिन ०।१५ प्रतिशतले लाभांश दिने सरकारले घोषणा गरिसकेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया