तेस्रो पटक म्याद थप्दा पनि अधुरै व्यापारिक मार्ग

४ बर्ष अगाडि

तेस्रोपटक म्याद थप गरेर पनि पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।  २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ । 

२०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको हो ।  यसपटक म्याद थपिएपनि निर्माण कम्पनीको कार्य सुस्त बनेपछि अझै तीन वर्षमा पनि आयोजना सम्पन्न हुने अवस्था देखिँदैन । 

६ लेनको उक्त मार्ग निर्माणमा सरकारी निकायको अनुगमन नै फितलो बनेपछि पथलैया–वीरगञ्ज व्यापारिक मार्ग यतिबेला अन्योलमा परेको हो ।

कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया