चिलिमे जलविद्युतको २३ औँ साधारण सभा मंसिर ११ मा हुने

४ बर्ष अगाडि

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारण सभा हुने भएको छ ।

कम्पनीले मंसिर ११ गते राष्ट्रिय सभा गृहमा बिहान ११ बजे बार्षिक साधारण सभा बोलाएको छ ।

यो वर्ष शेयधरनीहरुलाई २० प्रतिशत बोनस शेयर र करको लागि ५ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाईएको हो । 

सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिका रहने दुई जना स्वतन्त्र सञ्चालको निर्वाचन गर्ने र सर्वसाधारण तर्फबाट एक महिला सहित चार जना सञ्चालाकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता किताव कात्तिक २७ गतेदेखि ११ गतेसम्म बन्द गर्न लागेकाले सभामा भाग लिन र लाभांश पाउन कात्तिक २६ गतेसम्म शेयर सदस्य बन्न पर्नेछ

४ बर्ष अगाडि

प्रतिक्रिया