अगाडि बढ्दै काठमाडौं तराई मधेश द्रूतमार्ग, निजगढखण्ड कालोपत्रेका लागि तयार

४ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजना निजगढ(काठमाडौँ द्रुतमार्गका निमित्त आयोजना प्रमुख विकास पोख्रेल र निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनालको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा द्रुतमार्गबाट प्रभावित हुने नगरका विभिन्न क्षेत्रमा आयोजनाका तर्फबाट आवश्यक सहयोग गर्न नगर प्रमुख खनालले आयोजनाका निमित्त प्रमुख पोख्रेलसँग आग्रह गरेका थिए । वडा नं ४ स्थित गणेशमान सिंह स्मृतिपार्क मोहोरीको दक्षिणी क्षेत्रमा बकैया नदीले कटान गरेको बाँध निर्माण र मर्मत गर्न आयोजना तथा नगरपालिकाले सहकार्य गर्दै अघि बढ्ने सहमति भएको नगर प्रमुख खनालले बताए ।

यस्तै वडा नं १० लाल गाउँको खानेपानी आयोजना निर्माणमा सहयोग पु¥याउनसमेत आयोजनाको टोली सकारात्मक भएको नगर प्रमुख खनालले जानकारी दिए । सो क्रममा आयोजनाका निमित्त प्रमुख पोख्रेलले द्रुतार्गको निजगढ खण्डको क्षेत्रमा पिच गर्ने कार्य मात्रै बाँकी रहेको बताए । अवलोकन टोलीमा नगर उपप्रमुख लीलादेवी लामिछाने, राष्टिय खेलकूद परिषद्का पूर्व सदस्य सचिव तथा पर्यटन व्यवसायी युवराज लामालगायत आयोजनाका पदाधिकारीको सहभागिता थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया