राजीनामा दिने तयारीमा देउवा

६ बर्ष अगाडि

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको अन्तिम नतिजा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधसभातर्फको परिणाम आयोगले आज राष्ट्रपतिलाई बुझाउन लागेको हो । आयोगका प्रवक्ता नवराज ढकालले दलहरुले सच्चाएको सुचि ५ बजेभित्र बुझाएपछि आयोगले आजै राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी गरेको बताए । आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि दलहरुलाई नयाँ जनमतका आधारमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ गर्दै आएको थियो । यसैवीच बुधबार आयोगले राष्ट्रपतिलाई निर्वाचन नतिजा बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भएका छन् । त्यसअघि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बैठक बोलाउने तयारी पनि गरेका छन् । देउवाले ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको सरकारका एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार आजको मन्त्रिपरिषदमा प्रधानमन्त्रीले राजिनामाका क्रममा सम्बोधन गर्ने विषयबस्तुका बारेमा मात्रै छलफल हुने बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया