भारतमा फाइभ स्टार प्राप्त गर्ने पहिलो कार ‘टाटा नेक्सन’

टाटा मोटर्सको सबैभन्दा मन पराइएको सब–कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षासम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एक मात्र कार हो ।

ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आँकलन गरिएको थियो । कारको दुवै फ्रन्टर साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो । ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७.१७.००)प्राप्तगर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त गर्‍यो ।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सरसहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ ।

ऐरो डाइनमिक सिलुएट भएको टाटा नेक्सनको स्पोर्टी डिजाइन रहेको छ । टाटा नेक्सन पाँचवटा भेरियन्टहरूमा उपलब्ध छ । एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेड ए र पाँचवटा रङहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया