भक्तपुर क्यान्सर अस्पत्तालमा भ्रष्टाचार, व्यवस्थापन हत्याउन अस्पतालमै कुटाकुट

आइतबार, ०८ मंसिर २०७६, १४ : १०

संघीय सत्ता सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र स्थानीय सत्ता सञ्चालन गरेको नेपाल मजदुर किसान पार्टी (नेककिपा) का कार्यकर्ताबीच भक्तपुर क्यान्सर अस्पत्तालमा कुटाकुट भएको छ । 

अस्पत्तालमा नेकपा र काँग्रेस समर्थकहरुको पुरानो व्यवस्थापन समिति र नेमकिपा समर्थकको नयाँ समिति गठन भएपछि झडको स्थिती आएको हो । 

उक्त अस्पत्ताल नेपाल अर्बुद रोग निवारण संस्थाले दाताको सहयोगमा सञ्चालन गरेको सामुदायिक अस्पताल हो । सोही संस्थाको व्यवस्थापनको विषयमा झडप भएको प्रहरीले जनाएको छ । 

पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । उनी नेमकिपाका नेता हुन् । 

तर पुरानो व्यवस्थापन समितिले अस्पतालको कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।

अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको गुनासो छ । 

संस्थाको विधानअनुसार ४२ जिल्ला शाखासमेत रहेको संस्थाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः रहने व्यवस्था छ ।

तर स्पताल व्यवस्थापन समितिले अनियमितता गरेपछि नगरपालिकाले छानविन गरी नयाँ समिति गठन गरेको नयाँ व्यवस्थापन समितिको दावी छ ।
 
अस्पतालमा अनियमितता भए छानबिन हुनुपर्नेमा नगरपालिकाको नेतृत्व भएकै आधारमा मेयरले पार्टीगत रूपमा एकलौटी नेतृत्व हत्याउने र कब्जा जमाउने कोसिस भएको काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा बताउँछन् ।

आइतबार, ०८ मंसिर २०७६, १४ : १०

प्रतिक्रिया