नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र नेताहरु नसच्चिए काँग्रेस अब इतिहासको किंवदन्ती बन्ने निश्चित भएको बताएका छन् ।
उनले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नेपालको भुमि मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भनेर रदिएको अभिव्यक्तिले काँग्रेस र नेता देउवाप्रति टिठ लागेको बताए ।
लोकतन्त्रका लागि सँगै लडेको दलको नेताले त्यसरी झुठो आरोप लगाएर र बोलेर दुनियालाई भ्रमित तुल्याएको बताए । ‘सभापति शेरबहादुरजीले प्रधानमन्त्रीको सहमतिमै भारतले नक्सा सार्वजनिक गर्यो भन्नुभयो । यो व्यवहार र अभिव्यक्ती हेर्दा र सुन्दा मलाई दया लागेको छ ।
काँग्रेस सारै तल खसेको देख्न मन छैन । तर खस्दैछ । शेरबहादुर देउवाको कुरा मलाई सुनेर टिठ लागेको छ’ प्रचण्डको भनाई थियो । गिरिजाप्रसाद कोइरालाको पार्टीले यस्तो बेइमानी गर्ला भन्ने आफुलाई नलागेको भन्दै अध्यक्ष प्रचण्डले काँग्रेससले यति धेरै झुठो बोल्ला भन्ने विश्वास नलागेको बताए ।
उनले सभापति देउवालाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए । ‘आत्म समिक्षा गर्नुस् । झुठो बोल्न छोड्नु, मेरो सुझाव छ । यहि बुद्धि हो भने काँग्रेस किंवदन्ती बन्न बेर छैन । यो बुद्धिले काँग्रेस प्रतिपक्षमा पनि बस्ने छाँट देखिएन’प्रचण्डले चेतावनीको शैलीमा भने ।
प्रतिक्रिया