उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक

आइतबार, १५ मंसिर २०७६, ०९ : ३९

बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी ९नेपाल०का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । 

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ ९क०, धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ । 

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ ९ख० र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ ९ख० को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थाहाभएको छ ।
 

आइतबार, १५ मंसिर २०७६, ०९ : ३९

प्रतिक्रिया