बेहुला बेहुलीले तीन दिन शौचालय जान नपाउने!

४ बर्ष अगाडि

विवाह हुनुभन्दा अगाडि प्रायस् सबै धर्म जात अनुशारको आफ्नै विभिन्न विधि हुन्छन । यस्तै मा इन्डोनेसियाको टीन्डागं समुदायको चलन हामीले देखे सुने भन्दा फरक तथा रोचक रहेको छ ।

यस विधिलाई यो समुदायले महत्वपुर्ण सम्झन्छन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि गर्दछन् । विवाहाको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान दिदैनन् । स्थानिय समुदायको अनुसार विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहकाले चर्पी जान मनाही गरिएको हो ।

नव दम्पतीलाई नराम्रो नजरबाट बचाउन सकिने धार्मिक विश्वास रहेको छ । दम्पत्तिमाथी नकरात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने संम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो ।

नव दम्पति मध्ये एक जनाको ज्यान नै चर्पी जाँदा खतरामा पर्न सक्ने भन्ने टीन्डागं समुदायमा अन्धविश्वासको कारण यो तीन दिन सम्म खाना पनि कम दिइन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया