कास्कीमा कुकुरले चितुवा मार्‍यो

२ हप्ता अगाडि

काठमाडौँ - शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई नियन्त्रणमा लिने क्रममा छोडिएको २ वटा कुकुरले टोकेर कास्कीको माछापुच्छ्रेमा एउटा चितुवा मरेको छ ।

सोही कुकुरले आक्रमण गरेर मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख डा। रविन कडरियाका अनुसार कुकुर पनि घाइते भएका छन् । ‘वयस्क चितुवा हो । आहारा खोज्न निस्केको बेला खोरमा पसेछ,’ उनले भने, ‘कुकुरले चितुवामाथि आक्रमण ग¥यो । चितुवा म¥यो, कुकुर घाइते छन् ।’ एक्यापको टोली, प्रहरी र जनप्रतिनिधि समेतको रोहबरमा चितुवालाई गाडिने छ । स्थानीय डन्डे परियारका अनुसार उक्त चितुवा अघिल्लो साँझ नै रुखमा चढेर बसेको थियो ।

२ हप्ता अगाडि

प्रतिक्रिया