होन्डाको मोटरसाइकल–स्कुटर बिक्री कक्ष भैरहवामा

४ बर्ष अगाडि


होन्डा मोटरसाइकल तथा स्कुटरहरुको विक्री गर्नका लागि भैरहवामा आधुनिक कक्ष सञ्चालमा आएको । 

भैरवा र वरपरको क्षेत्रमा होन्डा मोटरसाइकल तथा स्कुटर विक्रीको जिम्मा स्याकार ट्रेडिङ कम्पनीले सिद्धि बिनायक अटो इन्टरनेसनल प्रा.लीलाई दिएको छ । 

सिद्धिले भैरहवाको अञ्चलपुरमा आधुनिक सर्भिस सेन्टर सहितको बिक्री कक्ष सुरुवात गरेको कम्पनीका अध्यक्ष सुनिल कसजूले बताए । बिक्री मात्र नभई त्यसपछिका मरमत सम्भारलगायतका सेवा र गुणस्तरीय मोटरपार्टसहरूको बिक्री बितरण एकै छानामुनिबाट गर्दै उत्कृष्ट अटो सेवा प्रदान गर्ने उद्देश्यले यो बिक्री कक्ष सुरुवात गरिएको हो, कसजूले भने ।

यस क्षेत्रमा मोटरसाइकल, स्कुटर पारखीहरू र उनीहरूलाई बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य लिएर बिक्री कक्ष सञ्चालनमा ल्याइएको र एकै छानामुनि थ्रि सेल्स अर्थात बिक्री, स्पेयर पार्टस र सर्भिस सेवा उपलब्ध हुने उन्ले बताए ।
भैरहवामा बिहीबारबाट बिक्री कक्षको सुरु भएको छ । ३ कट्ठा क्षेत्रफलमा बिक्री कक्ष, सर्भिस सेन्टर रहेको र आधुनिक प्रविधि प्रयोग हुने, दक्ष प्राविधिकबाट सेवा दिइने, ग्राहक सेवा कक्ष, आकर्षक बिक्री कक्ष रहेको सिद्धि विनायकका कार्यकारी निर्देशक सुरज क्षेत्रीले बताए ।

बिक्री कक्षबाट होन्डा साइन, सिडी ड्रिम, एक्सब्लेड, हर्नेट, एक्स आर, सीबीआर ब्रान्डका मोटरसाइकल उपलब्ध हुन्छन् । जसको इन्जिन क्षमता ११० सीसी ३५० सीसी सम्म र मूल्य १ लाख ८५ हजारदेखि ७ लाखसम्म रहेका छन् ।

यसैगरी स्कुटरमा डिओ, एक्टिभा, एभिएटर, ग्राजिया रहेका छन्। जसको मुल्य २ लाख देखि २ लाख ३५ हजारसम्म छन् । ११० सीसीदेखि १२५ सीसीसम्म इन्जिन क्षमता रहेका स्कुटरहरू सबै मोडलमा रातो, नीलो, कालो, खैरो रंगमा उपलब्ध छ ।
बजारमा सर्वाधिक बिक्री हुनेमा होन्डाका मोटरसाइकल र स्कुटर छ । स्याकार कम्पनीको आफनै छुट्टै बिक्री कक्षसमेत रहेको छ भैरहवामा । 

बिक्री कक्ष सञ्चालनमा आएको ५ दिनमा १४ वटा स्कुटर र १० वटा मोटरसाइकल बिक्री भएको छ ।

होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री कक्ष शुभारम्भको अबसरमा आकर्षक नगद छुट९४५सय रुपैयाँ० र बिभिन्न एसेसरिजका सामान मंसिर मसान्तसम्म प्रदान गरेको थियो ।

बिक्री कक्ष शुभारम्भका अबसरमा मंसिर ३० गतेसम्मका लागि सून्य प्रतिशतमा फाईनान्स सुबिधासमेत उपलब्ध थियो । त्यसैगरी स्पट फाइनान्सको सूबिधा, एक्सचेन्ज अफरमा जुनसुकै कम्पनीको मोटरसाइकलको उचित मूल्यांकन गरी साट्न पाइने सुबिधासमेत उपलब्ध गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया