८ रन नपुग्दा नेपाल उपविजेतामै सीमित

६ बर्ष अगाडि

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत फाइनलमा नेपाल युएईसँग पराजित बन्न पुगेको छ । 

नामिवियाको विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा  युएईले दिएको २७८ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपाल २७० रनमा समेटियो ।  
यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको योगफल बनाएको थियो । योसँगै विजयी बनेर स्वदेश फर्किने नेपालको सपना चकनाचुर बनेको छ ।

युएईले दिएको लक्ष्य पक्ष्याउने क्रममा कप्तान पारस  खड्काले ११२ रनको सतकीय इनिङ गरेपनि हार टार्न सकेनन् ।  
उनले १०३ बलमा ८ छक्कासहित ११२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, सरद् भेषवाकरले ३० र ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिन पुगे । 

विजयी युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे । 

त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे । 

बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया