दाँत दु:खेर हैरान हुनुहुन्छ ? टिमुर लगाउनुस् ठीक हुन्छ

शनिबार, १२ पुस २०७६, १६ : ५९

दाँत किराले खायोभने टिमुरले दाँतको किरा मार्ने तथ्य पत्ता लागको छ । 

त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका सहायक प्राध्यापक डा. अच्युत अधिकारीले उक्त तथ्य पत्ता लगाएका हुन् । 

‘टिमुर र टिमुरबाट निस्किएको रसायनले दाँत कीरा लाग्ने व्याक्टेरियालाई मारेको ९४ प्रतिशत भेटिएको छ’, उनले भने । 

टिमुरको रसायन ‘टम्बुलिन’बाट उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्छ भनेर पत्ता लगाएबापत उनले गतसाता मात्रै अट्टा–उर–रहमान पुरस्कार–२०१९ पनि पाएका छन् ।  

यसबारे उनले फ्रान्सका अनुसन्धानकर्तासँग मिलेर युरोपियन जर्नलमा कृति प्रकाशन गरेका थिए । 

टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धी र झाडापखालामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायनको खोजी गरेको उनले बताए । 

उनका अनुसार डा. कृष्ण देवकोटाले क्यान्सरमा काम लाग्छ भनेर अनुसन्धान गरेको र भारतमा पनि यसको अनुसन्धान भएको छ।

अधिकारीको टोलीले जापानसँग मिलेर मधुमेहको बारेमा अझै अनुसन्धान गर्दै छ । ‘टिमुर खाएमा लेक नलाग्ने भएकोले टिमुरमा के त्यस्तो रसायन हुन्छ जसले गर्दा लेक लाग्दैन भनेर हामीले अध्ययन गर्न लागेका छौं’, उनले भने । 

शनिबार, १२ पुस २०७६, १६ : ५९

प्रतिक्रिया