कुटिडाँडा, कन्याम र फिक्कल सडकखण्ड बिस्तार

४ बर्ष अगाडि

आन्तरिक तथा वाह्य पर्यटकको चाप रहने इलामको पाथिभरा, कन्याम र फिक्कल क्षेत्रको सडक बिस्तारले तीव्रता पाएको छ । 

सो सडक खण्डमा सवारीको चाप वृद्धि भएपछि विस्तारको काम अगाडि वढाइएको जनाइएको छ । 

यसैगरी मेची राजमार्ग अन्तर्गत पाथिभरादेखि फिक्कलसम्मको सडक विस्तारले गति लिएको छ । वर्षभरि नै पर्यटकको चाप रहने रोङ गाउँपालिकाको कुटिडाँडादेखि सूर्योदय नगरपालिकास्थित फिक्कलसम्म सडक बिस्तारले तीव्रता पाएको छ ।

पर्यटकको आकर्षणको केन्द्र रहेको साना पाथिभरा, कन्याम र फिक्कल क्षेत्रमा सडक साँघुरो भई दुर्घटना बढेपछि सडक डिभिजन इलामले धमाधम चौडा गरिररहेको छ । 

सङ्घीय सरकारले घुम्नैपर्ने १०० पर्यटकीयस्थलमा ती स्थानलाई समावेश गरेपछि सडक चौडा गर्न थालिएको हो ।सूर्योदय नगरपालिकाका  प्रमुख रणबहादुर राईले मेचीराजमार्गको कुटिडाँडा फिक्कल सडक खण्डको १२ किलोमिटर क्षेत्र डबल लेनको जानकारी दिए । 

बिस्तार कार्यक्रमसँगै पर्यटक र पैदलयात्री हिँड्न अलग पैदल मार्ग तयार  हुनेछ । राजमार्गको दायाँबायाँ साढे सात मिटरको दरले भौतिक संरचना हटाइएको थियो ।राजमार्गको रोङ गाउँपालिका क्षेत्रमा दायाँबायाँ साढे आठ मिटर क्षेत्रमा निर्माण भएका भौतिक संरचना हटाएर सडक चौडा गर्ने कामलाई तीव्रता दिएको छ । 

पाथिभरा मन्दिर दर्शन गर्न आउने भक्तजनले ल्याएको सवारीसाधन पार्किङकै समस्या भएपछि कुटिडाँडा क्षेत्रको सडक चौडा गरिएको हो । मार्सेखोल्सोदेखि हाँसपोखरीसम्मको ४७५ मिटर क्षेत्रको सडक चौडा  प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया