सुपर मादीमा ८ बैंकले ५ अर्ब ७५ करोड लगानी गर्ने

५ बर्ष अगाडि

 काठमाडौं । सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न ८वाणिज्य बैंकहरुले ५ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

 वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा बिहिबार साँझ हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरे ।

कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको लागत ७ अर्ब ६५ करोड रुपैयाँ  रहेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सो जलविद्युत् आयोजना आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा सानिमा बैंकले १  अर्ब २५ लाख, एनआइसी एशिया बैंकले ८५ करोड, एनसिसी बैंकले ७५ करोड, सनराइज बैंकले ७५ करोड कुमारी बैंकले ७० करोड, कृषि विकास बैंकले ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड र प्रभु बैंकले ५० करोड लगानी गर्नेछन् ।

बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया