महिन्द्राले जोगायो ८५ लाख लिटर इन्धन

४ बर्ष अगाडि

भारतको गाडी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले ८४ लाख लिटर इन्धन जोगाएको दावी गरेको छ । 

उसले ३० हजार यूनिट विद्युतिय सवारी साधन बिक्रि गरेर सो इन्धन जोगाएको बताए ।  

कम्पनीले भारतमा बिक्री गरेको ३० हजार इलेक्ट्रीक सवारीमध्ये तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी रहेका छन् ।

सन् २०१५ बाट लिथियम आयोन व्याट्रीयुक्त सवारीसाधनको उत्पादन सुरु गरेको कम्पनीले  १ हजार यूनिट इभेरिटो सहित लिथियम आयोन व्याट्रियुक्त सेडान कारको बिक्री भएको जनाइएको छ ।

महिन्द्राका इलेक्ट्रीक कारले अहिलेसम्म करिब १० करोड किलोमिटर यात्राबाट करिब ८५ लाख लिटर इन्धन बचत भएको दाबी गरेको छ । 

कम्पनीका अनुसार १२० भन्दा बढी कार्वन पार्क निर्माणमा लाग्ने खर्च महिन्द्राका इभीले बचाएको दाबी छ ।

महिन्द्राका मेनेजिङ डाइरेक्टर पवन गोइन्काले पर्यावरणमा केही सहयोग गर्न सकेको बताए ।  ‘भोलिका दिनमा इलेक्ट्रीक सवारीसाधनको उत्पादन र बिक्रीमा अझ बढी काम गर्नेछौं’, उनले भने । 

महिन्द्रा सबै इलेक्ट्रीक उत्पादन नेपाली बजारमा अग्नी इनर्जीले बिक्री गर्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया