दोलखामा एमाले र माओवादी एकिकरणको अनौपचारिक घोषणा, जिल्ला कमिटि चयनमा कठिनाई

५ बर्ष अगाडि

दोलखामा पुर्ब एमाले र माओवादी केन्द्र एकिकरणको अनौपचारिक घोषणा गरिएपनि जिल्ला कमिटि चयनमा कठिनाई देखिएको छ । संयुक्त चियापानको आयोजना गरी अघिल्लो महिना दुबै पार्टी नेकपामा रुपान्तरित भएको घोषणा गरिएको थियो ।

एकता कार्यदलले पार्टीको जिल्ला अध्यक्षमा पुराना पुर्व एमाले नेता भिम प्रसाद दाहाल र सचिवमा पुर्व माओवादी केन्द्रबाट कुल बहादुर बुढाथोकीलाई पहिलो नम्वरमा राखेर जिल्ला कमिटि र सचिवालयको नामावली प्रदेशमा पठाईसकेको छ । तर उक्त सिफारिस प्रति पार्टी भित्रै असन्तुष्टि देखिएपछि कार्यदलले पठाएको सिफारिस प्रदेश पार्टी नेतृत्वले अनुमोदन गर्न सकेको छैन । ३ नम्वर प्रदेशका सांसद र कार्यदलका सदस्य समेत रहेका युवा नेता विशाल खड्काले जिल्लाबाट आधिकारिक निर्णय गरी पठाईसकेले अब छिट्टै पार्टीको प्रदेश कमिटिले अनुमोदन गर्ने बताए । “जिल्ला सचिवालयको सुझावका आधारमा आधिकारिक निर्णय गरी सिफारिस गरिएको छ, खड्काले भने, सानोतिनो असन्तुष्टि आउनु स्वभाविक छ, प्रदेशले त्यसलाई अनुमोदन गर्ला ।”

कार्यदलले गरेको सिफारिस प्रति केही नेता कार्यकर्ताले सामाजिक संजालमा नेकपाको सदस्यता परित्याग गर्ने घोषणा देखि तिब्र असन्तुष्टि पोखेका छन् । कार्यदलले गरेको सिफारिस प्रति नेकपा केन्द्रिय सदस्य गंगा कार्की नेताहरु समेत असन्तुष्ट रहेको बताईएको छ । पुर्व माओवादी केन्द्रको एउटा समुह सिफारिस गरिएको नामावली सच्याउन माग गर्दै प्रदेश पार्टी कार्यलय पुगेको स्रोतले बतायो ।

नेकपा दोलखाको जिल्ला कमिटि १ सय ३५ सदस्यीय र त्यसको एक तिहाई सचिवालय गठन हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया