भारतमा काम गर्नेलाई पनि ठग्छन बुटवल - दिल्ली गाडी सञ्चालक

४ बर्ष अगाडि

नेपाल भारत यातायात सञ्चालन गर्ने व्यवसायीहरुले भारतमा रोजगारी गर्न गएका नेपालीलाई समेत ठगेर हैरान पार्न थालेका छन् । 

बुटवलबाट भारतका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्दे आएका व्यवसायीले चर्को शुल्क लिने, भनेको ठाउँमा नओराल्ने, एकठाउँ भनेर अर्को ठाउँमा पु¥याउने गरेको भन्दै नेपालीहरुले गुनासो गरेका छन् । 

न्यू सुपा देउराली यातायातले बुटवलबाट दिल्ली पिरागढी भनेर चढेका नावालक सहितकी महिलालाई  नोएडामा जवर्जस्ती उतारीदिएको अर्घाखाँचीकी रञ्जु केसीले गुनासो गरीन्। 

टिकट काट्ने बेला राम्रो सिट भनेर काट्ने तर क्याविनमा बस्न लगाउने गरेको दाङ्गका राजकुमार विकले बताए ।

लामो यात्रामा भनेको सिट नपाउँदा आफूलाई निकै कठीन भएको उनको भनाई छ ।  ‘राम्रो सिट भनेर टिकट टिकट काट्छ, तर बस्नुपर्ने डमरुमा’, उनले भने ‘अर्काको देशमा काम गर्न जानेलाई पनि गाडीवालाले ठगेर बसिखान दिएनन् ।’

गाडी सञ्चालकले भाडा समेत तोकेको भन्दा चर्को लिने गरेका छन् । बुटवलबाट पीरागढ़ीको ११ सय भाडा लिनुपर्ने भएपनि बीचमा पुगेर १३ देखि १४ सय रुपैयाँसम्म लिने गरेर हैरान भएको नेपाली यात्रुको गुनासो छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया