चर्चरे–कोलडाँडा पुल बन्दै

४ बर्ष अगाडि

पाल्पा–बुटबल सडकखण्डको चर्चरेबाट कोलडाँडा जोडने पक्कीको काम सुरु गरिएको छ । भ्याटसहित रु सात करोड ९९ लाखको लागतमा सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिकाको चर्चरेको तिनाउ खोलामा पुलको काम सुरु भएपछि कोलडाँडा र विष्णुडाँडालगायतका क्षेत्रका स्थानीयबासिन्दा खुसी बनेका छन् ।

पुलको लम्वाई ६२.९५ मिटर, चौडाइ ११ मिटरको रहेको छ । चर्चरेमा पुल बनेपछि कोलडाँडा र विस्नुडाँडालगायतका बस्तीमा यातायातको सहज पहुँच पुग्ने छ । चौविस महिनामा निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए। आगामी २०७८ मङ्सिरमा पुलको निर्माण पुरा हुने छ । चर्चरेमा पुल बनेपछि कोलडाँडा, विस्नुडाँडालगायतका बस्तीमा यातायातको सहज पहुँच पुग्ने छ । 

प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुलाराम घर्तीले तिनाउ खोलामा पुल बनेपछि माडीलाई कोलडाँडासँग जोड्न सहज हुने बताए। यातायातको पहुँच विस्तारपछि गाउँमा घरवास कार्यक्रम सञ्चालन गरी स्थानीयबासिन्दा रोजगार सिर्जना गरिने उनले बताए। अर्का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले चर्चरेको पुल निर्माणपछि कोलडाँडामा उत्पादित बहुमुल्य जडीबुटीले बजार पाउने बताए। माडी क्षेत्रका कृषिजन्य उत्पादित सामग्री  बिक्रीवितरण गरी आर्थिक क्रियाकलाप बढ्ने उनको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया