काठमाडौं । सरकारले चीनबाट आउने नागरिकलाई उपत्यकाका ४ ठाउँमा राख्ने तयारी गरेको छ । उनीहरुलाई उपत्यकाका इचङुनारायण, शिवपुरी, खरिपाटी र सूर्यविनायकमा राख्ने तयारीमा सरकार जुटेको हो ।
चीनमा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वदेश फर्कन चाहने नागकिकलाई उपत्यकाका चार स्थानमा क्वारेन्टाइन स्थान व्यवस्थापनमा सरकार जुटेको छ । क्वारेन्टाइन अवधिको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्माओलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित बैठकमा उपप्रधान तथा रक्षा, गृह,परराष्ट्र,स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री, सचिव र सुरक्षा निकायहरुलाई प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिएका छन् ।
बैठकमा उपचार र त्यसको तयारीमा लाग्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए । त्यस्तै सरकारले १ लाखको संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया