कोरोना भाइरस संक्रमणका कारण चीनमा मृत्यु हुनेको संख्या १ हजार नागेको छ ।
अन्तराष्ट्रीय समाचार माध्यमका अनुसार हिजो मात्रै उक्त भाइरसका कारण १०८ बिरामीको मृत्यु भएको छ । चीनले जारी गरेको तथ्याङक अनुसार अहिले सम्ममा १ हजार १६ मानिसको मृत्यु भइसकेको छ ।
त्यस्तै, भाइरस संक्रमितको संख्या पनि एकै दिन २४७८ ले बढे्र ४२ हजार ६३८ पुगेको छ ।
प्रतिक्रिया